Pages

Friday, January 18, 2013

An invitation to #mission8 #One Year School Fee Campaign'

Finally, we all are set for our much awaited "One Year School Fee Campaign" #Mission8.
tfcNepal is going for #mission8 in Bhaisepati, Lalitpur this Saturday January 19.
As decided in the meeting of tfcNepal on last saturday, January 12 at Bhrikutimandap we are all set to go for bringing smile on the faces of 8 children residing at "Ashaya Tatha Apanga Balbalika Uthhan Kendra" and studying at Highland English School, Sainbu, Nakhkhu VDC, Lalitpur.

Sunday, November 25, 2012

#Mission8: One Year School Fee Campaign

अशहाय् तथा अपाङ्ग् बाल् बालिका उथ्थान् केन्द्र भैँसेपाटि मा मिसन् ७ #Mission7 सफलता पुर्बक् सम्पन्न गरिसकेपछि उपस्थित् सबै साथिहरुको सल्लाहमा यो सन्स्थाको कुनै पनि आर्थिक् श्रोत् नभएको र बाल् बालिका हरुको बिध्यालय को फि तिर्नमा समस्या देखिएको ले गर्दा tfcNepal ले कम्तिमा एक् बर्ष् को स्कुल् फि तिरिदिने निर्णय गरियो र यो One Year School Fee Campaign लाइ tfcNepal को #Mission8 को रुपमा सम्पन्न गर्ने निर्णय पनि गरियो।

Friday, October 26, 2012

#Mission7 accomplished at Ashaya Tatha Apanga Bal Balika Utthan Kendra, Bhainsepati

हाम्रा सम्पुर्ण् ट्विटे मित्रहरुको साथ र सहयोगले गर्दा २०६९ असोज २७ [October 13, 2012] गते भैसेपाटी ,ललितपुर अवस्थित असहाय तथा अपाङ बालबालिका उत्थान केन्द्रमा #Mission7 सम्पन्न गर्यौँ र असहाय बालगृह्, सानोपोखरा, हेटौडामा  #mission6 लाइ निरन्तरता दिन सफल भयौँ | सो कार्यहरु सम्पन्न गर्न-गराउन काँधमा काँध मिलाउनुहुने सहयोगी मनहरुलाई नमन | 

#Mission7 स्थल, भैसेपाटी, ललितपुर 

Thursday, October 11, 2012

#Mission7 at Ashaya Apanga BalBalika Utthan Kendra, Bhainsepati.


Finally #mission7 is on the wing.
We the proud tfcians are going to organize #mission7 at Asahaya Apanga BalBalika Utthaan Kendra [#AABUK], Bhaisepati, Lalitpur on this coming Saturday 13th October 2012, Asoj 27, 2069. Along with it, tfcNepal is providing Dashain gifts as promised to Ashaya Bal Griha, Sanopokhara, Hetauda kids, where we accomplished our #mission6, few months back.

Sunday, October 7, 2012

असोज २७ मा सातौँ मिसन [TfcNepal 7th Mission on 13th October] #tfcMission

आगामी शनिबार, असोज २७ गते हाम्रो सातौँ मिसन हेटौँडा र काठमाडौँ दुवै ठाउँमा हुन गइरहेको छ । यसअघि भदौ २ गते पाटनढोकामा भएको मिटिङमा 'टिएफी'को स्वरुप कस्तो हुने भन्ने छलफल हुँदै हामीले गरिरहेका मिसनहरु यथावत गरिराख्ने भन्ने निर्णय गरिएअनुसार, हामीले सातौँ मिसन गर्नेभएका हौँ ।

अनौपचारिक छलफल हुँदा दशैँ अघि नै मिसन गर्ने अधिकांशको मनसाय रहेको बुझिएको थियो तर हामीले ढिलो गरि अस्ति बिहिबार (असोज १८) मात्र भैँसेपाटिमा रहेको "असहाय अपाङ्ग बालबालिका उत्थान केन्द्र, नेपाल" को बारेमा जानकारी पाएका थियौँ । भैंसेपाटिको जानकारी पाउने बित्तिकै करिब १० जना साथिहरुको समूहले शनिबार उक्त ठाउँको अवलोकन गरि, आगामी २७ मा मिसन गर्ने निर्णय गरिएको हो । दशैँ अगाडि नै मिसन गर्ने भइएका कारण, "मिटिङ आह्वान" गरि जानकारी दिने समय नभएकोले, हामीले यसै ब्लगपोष्ट मार्फत हाम्रा सम्पूर्ण साथिहरुलाई "भैँसेपाटि, ललितपुर' मा गरिने हाम्रो "सातौँ मिसन"को लागि तयार रहन आग्रह गर्दछौँ । यसका अतिरिक्त, हेटौँडामा रहेको "असहाय बालगृह" मा पनि  अघिल्लो मिसनमा जाँदाको 'वाचा' कायम राख्दै दशैँको शुभकामना स्वरुप, केही खाद्यान्न र स्टेशनरी सामान वितरण गरिने भएकोछ।

८ वर्ष अघि देखि सञ्चालनमा आएको भैँसेपाटिमा रहेको "असहाय अपाङ्ग बालबालिका उत्थान केन्द्र, नेपाल" मा ८ जना बालबालिका रहेकाछन् । एकजना "बुढी आमा" र उनको रेखदेखमा रहेका ती बालबालिकाहरु सँग हिजो शनिबार हाम्रा केहि साथिहरुले भेटघाट गरि त्यहाँ आवश्यक रहेका कुराहरुको बारेमा जानकारी लिनुभएकोथियो । ८ वर्ष पहिले एकजना व्यक्तिले 'अनाथालय सञ्चालन' गर्छु भन्दै घर भाडामा लिएर बच्चाहरु राखेको तर केही महिनापछि उक्त व्यक्ति फरार भएपछि, ती साना बालबालिकाहरुको स्याहार सुसारको जिम्मा घरबेटि आमाले लिनुभएको रहेछ । आम्दानीको श्रोत केही नभएको उक्त उत्थान केन्द्र, बुढी आमाले आफ्नै घरमा सञ्चालन गर्दै आउनुभएकोछ । उत्थान केन्द्रका सबै बालबालिका स्कुल जाने गर्छन् । आगामी शनिबार भैँसेपाटिमा खाद्यान्न, किचन  तथा स्टेशनरी सामाग्रीहरु वितरण गर्नेछौँ ।

स्थान: असहाय अपाङ्ग बालबालिका उत्थान केन्द्र
           नयाँबजार, भैँसेपाटि लतितपुर
मिती: असोज २७ गते शनिबार (13th Oct 2012)
समय: दिउँसो १:०० (दिउँसो १ बजे उत्थान केन्द्रमा कार्यक्रम सुरु गरिने)
नक्सा:
View Larger Map

(रिङरोड एकान्तकुनाबाट दक्षिण भैँसेपाटी चोक हुँदै करिब १० मिनेटमा (बस तथा बाइक)मा नयाँबजार चोकमा पुग्न सकिन्छ । नयाँबजार चोक (रोड)बाट करिब २०० मिटर पश्चिममा उत्थान केन्द्र रहेकोछ ।)

यसअघि भदौ २ गते पाटनढोकामा  निम्न निर्णयहरु भएको थियो!

१) टिएफसी दर्ता नगरिने - केही साथीहरुले टिएफसी नेपाल दर्ता गर्नुपर्ने प्रस्ताव राख्दा बहुमतले टिएफसी नेपाल यस्तै समूह राम्रो र रमाइलो रहेको तथा संस्थाको रुपमा दर्तागर्दा हामीले गर्न खोजेको कुराको मुलमर्म मर्ने भन्दै, तत्काललाई टिएफसी नेपाल दर्ता नगरिने निर्णय गरिएकोछ ।

२) मिसन जारी राख्ने - हामीले अहिलेसम्म गर्दै आइरहेका मिसनहरु पूर्णरुपमा सफल भएको ठहर गर्दै यसै प्रकारका सहयोग कार्यक्रमहरु जारी राखिने निर्णय गरियो ।

३) भोलेन्टियर कार्यक्रम - आर्थिक र भौतिक सहयोगको साथसाथै, टिएफसी मार्फत ब्लड डोनेसन, छलफल कार्यक्रम जस्ता कार्यक्रमहरु  आगामी दिनमा गरिने निर्णय गरियो । टिएफसीलाई पैसामुखी भन्दा पनि अभियानमुखी बनाइने निर्णय गर्दै टिएफसीलाई 'नलेज सेन्टर'को रुपमा अघि लान सकिने कुरामा पनि छलफल भएकोथियो  ।

४) बैंक एकाउन्ट सम्बन्धमा - बैंकमा अहिले रहेको खातालाई 'जोइन्ट खाता' बनाउन के कस्तो गर्न सकिन्छ, त्यस सम्बन्धमा बुझ्ने भनिएको थियो । (बैंकमा उक्त कुरा बुझेपछि, भैरहेको खातालाई अरु केही गर्नु भन्दा पनि, खातालाई लगभग "शुन्य" बनाउने केही साथीहरु बिच छलफल भयो । आगामी दिनहरुमा "मिसन"को समयमा मात्र 'डोनेसन' लिइने र भएको सबै रकम उक्त मिसनमै खर्चगरिसक्ने निर्णय गरिएकोछ! )

आगामी असोज २७ गते हुन गइरहेको "मिसन" (काठमाडौँ र हेटौँडा) मा सम्पूर्ण साथीहरुलाई सहभागीहुन यसै ब्लगमार्फत आग्रह गर्दछौँ । काठमाडौँबाट हेटौँडा जाने साथीहरु कोही हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोला ।