Pages

Friday, October 26, 2012

#Mission7 accomplished at Ashaya Tatha Apanga Bal Balika Utthan Kendra, Bhainsepati

हाम्रा सम्पुर्ण् ट्विटे मित्रहरुको साथ र सहयोगले गर्दा २०६९ असोज २७ [October 13, 2012] गते भैसेपाटी ,ललितपुर अवस्थित असहाय तथा अपाङ बालबालिका उत्थान केन्द्रमा #Mission7 सम्पन्न गर्यौँ र असहाय बालगृह्, सानोपोखरा, हेटौडामा  #mission6 लाइ निरन्तरता दिन सफल भयौँ | सो कार्यहरु सम्पन्न गर्न-गराउन काँधमा काँध मिलाउनुहुने सहयोगी मनहरुलाई नमन | 

#Mission7 स्थल, भैसेपाटी, ललितपुर 



Happy Faces :)
भैँसेपाटि, ललितपुर अवस्थित असहाय तथा अपाङ बालबालिका उत्थान केन्द्र महिला समाजसेवी इन्दु रिसालले एकल रुपमा संचालन गरिरहनु भएको छ | एक NGO ले आफ्नो स्थापना कालमा १२ जना बालबालिका  लिएर अनाथाश्रम खोल्छु भन्दै भाडामा बस्न आएको र पछि सबै बच्चा बच्चिको बिचल्लि बनाएर फरार भएको घटनापछी इन्दुले सोहि बालबालिकाहरुको भविष्य निर्माणका निम्ति यो कार्यलाइ निरन्तरता गर्नु भएको रहेछ | जम्मा १२ जना बालबलिका मध्ये हाल  बाँकि रहेका ८ जनाको लागि इन्दु नै एक मात्र साहारा हुनुहुन्छ | आफ्नै घर भएकोले घर् भाडा तिर्नुपर्ने समस्या नरहेको बताउने इन्दुले हालसम्म कोहि कसैसामु आफ्नो खर्च टार्न भनसुन बिन्ति सुनाउन नगएको बताइन | यस केन्द्रमा हालसम्म कुनै नियमित दाता छैनन् र पनि आफ्नै खर्चमा उनी अहोरात्र खटेर ती बालबालिकाको गुजारा चलाईरहेकी छिन |  हालसम्म आश्रमका सबै बालबालिकाहरु अङ्रेजि बिध्यालय जान्छन् र सबैले राम्रो शिक्षा पाएका छन्, यो कुरा इन्दु रिसाल गर्वका साथ् भन्छिन |

@ujjwalacharya with Children
#tfcNepal का केहि साथीहरुले असोज २० गते सो केन्द्र पुगि निरिक्षण गरि इन्दु र बालबालिकाहरुसँग भेटघाट गरे पश्चात उक्त ठाउँमा हाम्रो सहयोग अपरिहार्य रहेको निर्क्योल गरि तहाँ सहयोग गर्ने निर्णय भएको थियो।

Yet another mission accomplished. kudos to all tweepals
सोही अनुरुप गत असोज २७ गते #tfcNepal को सातौं मिसन #mission7 स्वरुप असहाय तथा अपाङ्ग उत्थान केन्द्र भैंसेपाटि, ललितपुरमा यो  कार्यक्रम सम्पन्न गरिएको हो । करीब ३५ जना #tfcNepal का साथीहरु उक्त स्थानमै भेला भै इन्दु रिसाल तथा बालबालिकाहरुलाई तिनिहरुकै आबस्यकता बमोजिमका सामाग्रीहरु हस्तान्तरण गरिएको हो |


Its where we accomplished #mission6 and #mission6 part-2
साथै हामीले अघिल्लो मिसन #mission6, हेटौंडामा पुगि असहाय बाल गृहलाइ गरेको बाचा पुरा गर्दै बडादशैँको शुभकामना स्वरुप केहि खाध्यान्न र स्टेशनरी सामाग्रीहरु काठमाण्डौ र मोफसलका साथिहरुको उल्लेख्य सहभागितामा बितरण गर्यौँ |

Distributing stationary materials to the children, Hetauda

#mission6 part-2 accomplished

हेटौंडा र भैसेपाटीमा मिसनहरु सम्पन्न भएपश्चात इन्दु रिसाल सँग वहाँको दैनिकी र वहाँले गर्नुभएको योगदानको कदर गर्दै सो केन्द्रमा रहेका बालबालिकाहरुको पढाई खर्च बारे प्रश्न राख्दा खासै केहि ठोस पुँजी नभएको र बार्षिक पढाई खर्च टार्न अत्यन्तै गार्हो परेको बुझ्न आएकोले हामीले वहाँको महान कार्यमा केहि सहयोग गर्ने हेतुले पढाई खर्च जुटाउन निम्न निर्णय गर्यौं | 

१ वर्षको स्कुल फी क्याम्पेनिङ [One Year School Fee Campaigning]
यी सामाग्रीहरुका साथसाथै उपस्थित सबै साथीहरुको सल्लाहमा सो संस्थाको कुनै श्रोत नभएको देखिएकोले स्कुल फी कम्तीमा १ बर्षको तिरिदिन प्रयास गर्ने अभियान थालनी गरियो । एक जना बच्चाको १२०० का दरले ८ जनाको १२ महिनाको पढाई खर्च = १२x८x१२०० = १,१५,२००।- हुन आउने देखियो । सो शुल्क जति सकिन्छ सहृदयी दाताहरुबाट उठाएर प्रदान गर्ने निर्णय भएबमोजिम मिसन स्थलमै २०,५००।- रुपैया संकलन भयो | तत्काल रकम उपलब्ध नभए पनि अन्य साथीहरुले रु ६,५००।- दिने वचन दिनुभयो । दसैं तिहार पस्चात सो अभियानलाई तिब्रता दिइ ती बालबालिकाहरुको लागि निर्बाध शिक्षाको ब्यबस्था गर्न प्रयास गरिनेछ|
One Year School Fee Campaigning को लागि हामीलाइ सहयोग गर्नुहुने साथिहरुको लिस्ट यहाँ छ |

साथीहरु, अन्त्यमा हजुरहरुको साथ बिना यो पक्कै पनि सम्भव हुने थिएन, हजुरहरुको साथ सहयोग अनि सुझावको लागि हामी हृदय देखि नै धन्यबाद अर्पण गर्दछौँ|

(PS: प्राविधिक कारणवश, ब्लग अपडेट गर्न ढिलो भएकोमा हामी क्षमाप्रार्थी छौँ) 
यहाँको बिजया दशमी उल्लाश्मय रुपमा बित्यो भन्ने आशाका साथ अब निकट भविष्यमा आउन लागेको दोश्रो महान चाड शुभ दिपावलीको अवसरमा सम्पूर्ण साथीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ | 

Lets bring smile on the faces :))
Happy Tweeting :))
-tfcNepal, 2012.

                                                                                                             




No comments:

Post a Comment