Pages

Monday, October 24, 2011

लक्ष्मीपुजाको दिन ट्विटरमा देउसी-भैलो खेलिने #tfcTihar #Tihar #tfcNepal

नेपालीहरुको महान चाड तिहार (दिपावली) को अवसरमा @tfcNepal का साथीहरु मिलेर ट्विटरमा देउसी भैलो खेल्ने निर्णय गरेका छौँ । साथी देव न्यौपाने (@wordswave) ले राख्नुभएको “ट्विटरमा देउसी भैलो खेल्ने” प्रस्ताव का सम्बन्धमा, @tfcNepal का साथीहरु बिच आज भृकुटिमण्डपमा छलफल भएको थियो ।

भृकुटिमण्डपमा भएको छलफलबाट यही आउँदो बुधबार, लक्ष्मीपुजा को दिन ट्विटरमा देउसी भैलो खेल्ने निर्णय गरिएको छ ।


देश विदेश मा छरिरहेका नेपाली साथीभाइहरु बिच ट्विटरमा रमाइलो गर्न यस किसिम को कार्यक्रम गर्न लागिएको हो । आज भएको छलफलबाट निम्न कुराहरु गर्ने निर्णय गरिएकोछ।

१) सबैको कार्यव्यस्ततालाई मध्यनजर गर्दै देउसी -भैलो कार्यक्रम नेपाली चाड तिहारको लक्ष्मीपूजाको दिन कार्तिक ९ गते २०६८ तदनुसार 26th October, 2011 गते दिनैभरि चालु रहनेछ | विशेष रुपमा भने नेपाली समय साँझ २ बजे देखि ५ बजे सम्म धौसी-भैलो २०६८ आयोजना गरिने छ | बिदेशमा रहनुभएका साथीहरुले यस नेपाली समय अनुसारनै आफु रहेको देशको समयमा उपस्थित भै सहभागिता जनाउनु हुन अनुरोध छ |

२) #tfcTihar लाई आधिकारिक ह्यासट्याग मानिएको भएपनि, #tihar भन्ने ह्यासट्याग राखेर देउसी खेल्न सकिनेछ । तिहारको रमाइलो देउसी भैलोमा @tfcNepal लाई फलो गर्ने व्यक्तिहरुलाई मात्र नभइ देश विदेशमा छरिएर रहेका हजारौँ नेपालीहरुलाई समेट्ने हेतु ले यस ह्यासट्याग (#Tihar) को अवधारणा अघि सारिएको हो । प्राय: सबै देश विदेशमा रहनुभएका नेपालीहरुले तिहार (tihar) लेखेर ट्विट गर्ने भएका कारण, धेरै व्यक्तिहरु विच रमाइलो गर्न, कुराकानी गर्न सजिलो हुन्छ भन्ने विश्वास राखिएको छ ।

३) देउसी भैलो खेल्नेहरुलाई खालीहात जान दिनुहुन्न भन्ने मान्यता रहि आएकोले, देउसी भैलो को रमाइलो सँगै आफ्नो इच्छा अनुसारको रकम @tfcNepal लाई दिन सकिनेछ, सो रकम @tfcNepal का #mission का लागि प्रयोग हुनेछ ।

४)  देउसी भैलो कार्यक्रम अन्तर्गत आफ्नो घर (ट्विटर हेन्डल) मा देउसीभैलो को लागि आमन्त्रण गर्न चाहनु हुने साथीहरुले @tfcnepal लाई एउटा डाइरेक्ट मेसेज पठाउनु पर्नेछ र आफ्नो समयानुकुल मा देउसीभैलो को लागि आमन्त्रण गर्न सक्नुहुनेछ | @tfcnepal बाट तपाइलाई एउटा कन्फर्मेसन रिप्लाई जानेछ र अरु साथीहरुलाई एस्बारेमा सुचित गरिनेछ | ह्यास ट्याग #tihar राखेर जसको ह्यान्डल मा देउसी खेलिएको हो उहालाई मेन्सन गरिदै सो समय मा साथीहरुले देउसी खेल्नुहुनेछ र सो बापत उहाले दिनुभएको दक्षिणा @tfcnepal को खाता मा जम्मा गरिनेछ |

तिहार (शुभ दिपावली) को हार्दिक मंगलमय शुभकामना !

तस्विर: @acharya14