Pages

Sunday, June 19, 2011

टिसर्टको लागी प्रश्तावित डिजाईनहरु #tshirts

हामीले दोश्रो चरणमा #tshirt छपाउने क्रममा यहाँ केहि डिजाइनहरु प्रस्तुत गरेका छौँ | आफुले इच्छाएको टि सर्टको डिजाईन र यसको लागि उपयुक्त हुनसक्ने रङ्गको प्रयोग गरी तयार गरीएका डिजाईनमा तपाई कुन नम्बर (रङ्ग) सिफारिस गर्नु हुन्छ तल कमेन्ट बक्समा लेखी दिनु होला । धन्यबाद
पुनश्च : यदि यहाँ आफैँ पनि डिजाइनिङमा दक्ष हुनुहुन्छ भने हामीलाई आफ्नो डिजाइन पठाउनु होला | यस पटक हामी बहुशंख्यकले रुचाएका रङ र डिजाइन युक्त #tshirt छपाउने तयारि गर्दैछौँ | यहाँको सुझाव सल्लाहको हामीलाई प्रतिक्षा रहिरहने छ |



Saturday, June 18, 2011

#Meeting3 at #Bhrikutimandap


आज हामी @tfcNepal का साथीहरु #meeting3 का सन्दर्भमा #Bhrikutimandap मा भेला भएका थियौं | भेलामा जम्मा २९ जना साथीहरुको सहभागिता रहेको थियो | प्रतक्ष्य रुपमा भेलास्थलमा उपस्थित हुन नसकेका साथीहरु भने Tweets Timeline बाटै सहभागिता जनाए | यहाँहरुको साथ र हौसला पाएर हामी अझै बढी जिम्मेवार भएका छौँ र असल कामको सुरुवात गर्दा असल साथहरु यथेष्ट साथ पाइने रहेछ भनेर अझै बढी हौसिएका छौँ | यहाँहरुको साथ एवम् हौसलाको लागि @tfcNepal हृदय देखि नै आभार प्रकट गर्दछ |

आजको मिटिंङको प्रमुख उद्देश्य भनेको @tfcNepal ले चाडै नै गर्न लागेको #Mission3 जुन शारदा प्राथमिक बिध्यालय, तिलगङ्गाका बिपन्न बर्गका बिध्यार्थीहरुकालागि पठन पाठनमा सहयोग गर्नका लागि स्कुल ब्याग वितरण गर्ने विचार प्रति सहभागी साथीहरुको मत बुझ्न एवम् सोहि अवसरमा साथीहरु बिच भेटघाट होस् र सबैका बेफुर्सदिला समयका बिच केहि मनोरंजन र आपसी भलाकुसारी होस् भन्ने थियो | सोहि समयमा @tfcNepal ले हालै छपाएको #tshirts पनि इच्छुक साथीहरु माझ बाढीयो | स्मरण रहोस ५० प्रति छपाईएको #tshirts बाट @tfcNepal लाई जम्मा रु ८७५०|- {(500*50-325*50)=(SellingPrice-Manufacturing Cost)} संकलन गर्न सफल भयौं | यो रकम #mission3 का लागि प्रयोग गरिने छ | यस बाहेक हामीलाई केहि साथीहरुबाट सहयोग रकमपनि प्राप्त भएको छ | दाताहरुको सुचीको लागि यहाँ हेर्नुहोस |

पहिलो चरणमा छपाइएको #tshirt का ५० प्रति सम्पूर्ण बिक्रि भैसकेका छन् | यहाँहरुको सो प्रतिको उत्साहलाई मध्यनजर गर्दै हामीले तुरुन्तै अरु १०० प्रति #tshirt छपाउने भएका छौँ, जसकालागि यहाँ साथीहरुले नै चुनेर पठाउनु भएका डिजाइनहरु बाट नै छनोट गरि प्रकाशनमा ल्याउने छौँ | यस अघि @eKhurafati ले बनाउनु भएको डिजाइन @goGoze ले पठाउनु भएका डिजाइन अत्यधिक रुचाइएका छन् | यसमा पनि अझै केहि परिमार्जन गर्न सकिन्छ भने हामीलाई सो को प्रतिक्षा रहनेछ | यदि यहाँ पनि सोहि डिजाइनिङमा रुची राख्नुहुन्छ भने हामीलाई mention गरि आफ्नो डिजाइन पठाउनु हुन अनुरोध छ, बाँकी साथीहरु बाट हामी उचित सुझाव सल्लाहको अपेक्षा रख्दछौँ | यसपटक यहाँहरु बाटै मत सर्वेक्षण गरि #tshirt प्रकाशनमा ल्याउने छौँ | #tshirt कुनकुन रङमा छपाउँदा उपयुक्त होला, यो पनि हामीलाई जानकारी गराउनु हुन अनुरोध गर्दछौं |    

हामी ट्विटे साथिहरु बिभिन्न परिवेशबाट आएका छौँ र हाम्रा बिचारहरु भिन्न भिन्न हुन सक्छन, त्यहिँ भिन्न भिन्न बिचारहरुको छलफल बाट साच्चै नै हामीले केहि राम्रा कामहरुको सुरुवात गर्न सक्छौं, यस्तै सन्दर्भबाट नै जन्म भएको हो @tfcNepal को | आज उपस्थित @webJsunil ले प्रस्तुत गर्नुभएको तर्क "हामीले यदि कसैलाई सहयोग गर्नुछ भने उनीहरुलाई जीवनोपयोगी र आत्मपरक हुन सहयोग गर्ने केहि कार्य गर्नसक्यौं भने सो नै सबैभन्दा उत्तम हुन्छ" भन्ने सुझाब साच्चै नै उपकारी छ, यसबारे हामी आउँदा दिनमा अझ बृहत छलफल गरि अघि बढ्न सक्छौं | धेरै साथीहरु Information, Technology and Science परिबेश बाट पनि हुनुहुन्छ, उहाँहरुका शिप र ज्ञानका कुराहरु पनि सधैँ सान्दर्भिक हुने गर्दछ #tfcNepal Meeting हरुमा | यस्तै यस्तै उपयोगी छलफलहरु र अझ जमघटमा हुने हाँसो अनि रमाइलो नै हाम्रा भेटघाटका प्रमुख आकर्षण रहँदै आएका छन् |

#Mission3 को सन्दर्भमा हामीले यसपटक स्कुल ब्याग जम्मा १५० प्रति छपाउने निर्णय गरेका छौँ, जसमध्धे १२५ प्रति शारदा प्राथमिक बिद्यालयका बिध्यार्थीहरुलाई वितरण गरिने छ भने बाँकी २५ थान ब्याग भने पवित्र समाज सेवाका साना भाइ बहिनीहरुलाई वितरण गरिनेछ | यसका लागि हाम्रो बैँक खातामा रहेको रकममा केहि नपुग हुने भएको छ | यसका लागि हामी हाम्रा #members यहाँहरु समक्ष सहयोगका हात फैलाउनुहुनका लागि अनुरोध गर्दछौँ | यहाँको सानो सहयोगले पक्कै पनि साना नानीहरुको शिक्षामा हामीले ठुलो योगदान गर्न सक्षम हुने छौँ, आशा छ हामीले यहाँहरुको साथ अवश्य पाउने छौँ र #mission3 सफलता पुर्वक सम्पन्न गर्नेछौँ |
Estimated Cost of 150 Bags=150*300= NRs 45000.00 
हामीसँग जम्मा भएको रकमको बिस्तृत विवरण यहाँ हेर्नुहोस | 


Attendence Please :

@ishzz @sushmite @sumanjaree @dipakbhattarai @saroose @nilambar @roz_idiot @friendycalls @regmibabu @cooolrims @wordswave @poozaree @kaflec @kakabaa @webJsunil @rubinraj @hellomuku @byshanti @jawn_ake @im_bishal @kpsharma @sarojtiwari @anbika @niraj_1974 @sudipsaan  


पुनश्च: आजको भेटमा भएको चिया/खाजा खर्चको प्रयोजन @cooolrims ले उहाँको जन्मदिनको उपलक्ष्यमा गर्नुभएको थियो | यसका लागि वहाँप्रति हामी सबै आभार प्रकट गर्दै वहाँको शुभ जन्मदिनको अवसरमा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं | साथै आज उठाइएको Sunshine Fund बाट जम्मा भएको रकम @tfcNepal कै Bank Account मा जम्मा गराइएको व्यहोरा जानकारी गराउन चाहन्छौँ | 


Happy Tweeting :)

Monday, June 13, 2011

#Meeting 3 at Bhrikutimandap

यहि आउँदो शनिबार, असार ४ गते हामी #tfcNepal का साथीहरु निम्न बमोजिमका एजेन्डामा छलफल एवं निर्णय गर्नका लागि बैठक बस्दैछौँ | यहाँको उपस्थिति प्रर्थनिय छ |
प्रस्ताब/एजेण्डाहरु :
१) साथीभाई भेटघाट / चिनापर्ची
२) #tshirts वितरण
३) शारदा प्राथमिक बिध्यालयका बिपन्न बिध्यार्थीहरुलाई स्कुल ब्याग वितरण गर्ने बारे छलफल
४) सहयोग रकम संकलन

समय : ३ बजे, असार ४ गते शनिबार
स्थान : भृकुटीमण्डपको खुल्ला भाग

Note : नयाँ साथीहरुले #tfcNepal को #tshirt लगाएका साथीहरु देख्न सक्नुहुनेछ |  

Sunday, June 12, 2011

#tfcNepal को #tshirt

हामीले भर्खरै #tfcNepal को #tshirt छपाई सम्पूर्ण साथीहरुमा बाढ्ने भएका छौँ | यसलाई अधिकाँश साथीहरुले साथ र हौसला दिनुभएकोमा हार्दिक कृतज्ञ छौँ | #tshirt को लागत मुल्य रु ३२५ /- भएतापनि हामीले यसको मुल्य रु ५००/- कायम गरेका छौँ, जसबाट बचेको रकम #tfcNepal को खातामा जम्मा गराई आगामी #tfcNepal ले गर्ने सहयोग कार्यक्रमहरुमा उपयोग गर्ने बिश्वास यहाँहरुलाई दिलाउन चाहन्छौँ | #tshirt अहिले हामीले कालो र सेतो गरि दुइ रंगमा छपाएका छौँ, जसमा हरेकको Medium, Large र Extra Large साइजहरु उपलब्ध छन् | पहिलो चरणमा हामीले जम्मा ५० प्रति मात्रै #tshirts छपाएका छौँ, समयमै हामीलाई सम्पर्क गरि आफ्नो प्रति सुरक्षित राख्न यहाँहरुलाई सुचित पनि गराउँछौ | #tshirt आफ्नो बनाउन यहाँहरुले तोकिएको रकम हाम्रा प्रतिनिधिहरु प्रमोद न्यौपाने र इश्वर काफ्लेलाई सम्पर्क गरि रु ५०० /- प्रत्यक्ष भुक्तान गरि प्राप्त गर्न सक्नुहुन्छ भने काठमाण्डौं बाहिर रहनुभएका साथीहरुले इश्वर काफ्ले का नाममा नेपाल इन्भेस्टमेन्ट बैंक, दरबारमार्ग काठमाण्डौंमा रहेको बचत खाता नम्बर  ००१५०८०३४१०४२  मा आफुलाई आवश्यक #tshirt संख्याको रु ५००/- का दरले हुन आउने रकम जम्मा गराई हामीलाई #twitpic Mention गर्नुभै आफुले इच्छाएको रंग र साइज बारे जानकारी गराउनु हुन अनुरोध छ, हामी यहाँहरुकै ठेगानामा सो #tshirts पठाउने व्यवस्था मिलाउने छौँ | यसका लागि हामीलाई यहाँहरुले आफ्नो स्थानको बिस्तृत विवरण DM गरि पठाउनु हुन पनि जानकारी गराइन्छ |  



#tshirt प्रतिको यहाँहरुको उत्सुकता देखेर हामीलाई साच्चै हौसला मिलेको छ | यस पटक #tshirt को लोगो डिजाइन  सार्है नै सरल गरेका छौँ, आगामी दिनहरुमा यहाँहरुको सुझाब अनुसार #tshirt डिजाइनलाई परिमार्जन पनि गर्दै लैजाने बिश्वाश दिलाउन चाहन्छौं | यसपटक @b1nd455 र @bhupal_ ले गर्नुभएका डिजाइनहरु पनि साच्चै राम्रा छन्, आगामी दिनमा सबै साथीहरुको सल्लाह बमोजिम निर्णयहरु गरिनेछ | 

#tshirt बिक्रि बाट जम्मा हुने रकम हाम्रो खातामा जम्मा गरिने छ, जसमा पहिले देखि नै यहाँहरुको सहयोग रकम पनि रहेको छ, जुन आगामी असार ४ गते भृकुटीमण्डपमा ३:०० बजेपछि हुने #meeting ले निर्णय गरि के मा सो रकम उपयोग गर्ने हो भनि निर्णय गर्नेछ | हाललाई तिलगङ्गा,काठमाण्डौंमा रहेको शारदा प्राथमिक बिध्यालयमा पढ्ने बिपन्न वर्गका बिध्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण गर्नमा प्रयोग गर्ने भनि @ujjwalacharya ले गर्नु भएको प्रस्ताब उपर छलफल गरि निर्णय गरिनेछ | सोहि समयमा नै पनि #tshirt वितरण पनि गरिनेछ, त्यसैले आफुलाई आवश्यक रंग र साइजका #tshirt बारेमा हामीलाई शनिबार अगावै DM गरि जानकारी गराउनु हुन अनुरोध पनि छ | 

@ujjwalacharya ले शारदा प्राथमिक बिद्यालय अवलोकन गरेपश्चात हामीलाई पठाउनु भएको Email जस्ताको तस्तै यहाँ रखिएको छ | 


Dear friends,

Today, I visited the Sarada Lower Secondary School at Tilganga, the school I had suggested for distribution of bags to the students as a new project of tfcNepal. I met with teachers, principal and a few students.

The school has 125 students. Almost all students come from financially poor families. I asked a Nursery girl, what her parents do and she said work. The teacher asked her if she works – she said she sometime goes to Pashupati to beg. It was really touching.

I noticed that around 33 per cent students have bags – most of the students in upper classes have bags. And, I felt, the tfcNepal project of giving bags will be good there.



-- 

Love,

Krishna P Acharya (Ujjwal),

Journalist/Blogger,

Kathmandu, Nepal

*=======*
Online Editor at Republica (www.myrepublica.com)
Blogger at NepaliVoices (www.NepaliVoices.com)
Editor at Cricket Nepal (www.cricket.com.np)
*=======*

Central Committee Member of Federation of Nepali Journalists (FNJ) (www.fnjnepal.org)

यहाँहरुको twitter यात्रा संधै सुखद रहोस | Happy tweeting