Pages

Thursday, September 29, 2011

नयाँ नेपाल अपाङ्ग समाज केन्द्रका बालबालिकालाई सहयोग #misson4 #HappyDashain

सम्पुर्ण मित्रहरुको साथ र सहयोग ले गर्दा सेप्टेम्बर २४, शनिवार काठमाडौँ को जागृतिनगर मा अवस्थित नयाँ नेपाल अपाङ्ग समाज केन्द्र मा @tfcNepal को चौथो मिसन सम्पन्न भएको छ [अबगतै होस हामिले यो भन्दा पैला #mission1, #mission2#mission3 सम्पन्न गरिसकेक छोँ]  ।
@tfcNepal का सदस्यहरु को सहभागितामा सम्पन्न चौथो मिसनमा नेपाल अपाङ्ग समाज केन्द्र, जागृतिनगर मा आश्रित बालबालिकाहरुलाई दशैँ का लागि नयाँ लुगा, जुत्ता वितरण गरिएको थियो ।




हामीलाई आफू सानो छँदा दशैँ साह्रै रमाइलो लाग्ने गर्थ्यो, यद्यपी अहिले पनि दशैँ रमाइलो चाड हो । तर दशैँ बालबालिका को लागि झनै रमाइलो चाड हो । दशैँ बालबालिका का लागि मिठो खाने र राम्रो लाउने अवसर हो । अत: नयाँ नेपाल अपाङ्ग समाज केन्द्रमा आश्रित बालबालिकाहरु को मुहार मा दशैँको समयमा खुशी ल्याउने उद्देश्यले गरिएको कार्यक्रममा नयाँ लुगा, जुत्ता, स्कुल ब्याग, स्टेशनरी सामान का साथै चामल, दाल,मासु  पनि वितरण गरिएको थियो । यस कार्यक्रमका लागि देश भित्र मात्र नभएर विदेशमा रहनु भएका साथीहरुले पनि सहयोग गर्नुभएको थियो ।र जो एस कार्यकरममा सभागी हुन पाउनु भएन ओहाँ हरुले #Twitter को #TimeLine मार्फत हामिलाई साथ अनि हौसला दिइरहनु भएको थियो |


Picture Says it all :))
खोइ यो जुत्ता मलाई ठिक हुन्छ कि हुन्न ??
हामिले लगिदिएको झोलामा नानिहरु आफ्ना किताब कापिहरु  राख्दै 
एहाँ हरुको साथ अनि सहयोग ले गर्दा हामिलाई अझ एस काम मा सकृए रुपमा लाग्न प्रेरित गरेको छ| एहाँ हरुको उपस्थिती मा हामी पक्कै पनि भबिश्यमा अझ इ भन्दा पनि राम्रा काम हरु गर्न सक्ष्यम हुने छौँ अनि साना साना नानी हरु को अनुहारमा हाँसो अनि खुशी छर्ने छोउँ|

साथीहरु, अन्त्यमा हजुरहरु को साथ बिना यो पक्कै पनि सम्भव हुने थिएन, हजुरहरुको साथ सहयोग अनि सुझावको लागि हामी हृदय देखि नै धन्यबाद अर्पण गर्दछौँ |


कार्यक्रममा निम्न व्यक्तिहरु को उपस्थिति थियो!
Attendance Please:

@sushmite @byshanti @sumanjaree @Jaw_Knock @roz_idiot @sudipsaan @someshverma @niraj_1974 @ishzz @arn1903 @nilambar @penguine_ @_pagalbasti @fluctuating @dipakbhattarai @hellomuku @BinayAcharya @aakarpost @chapagain @hsibar @amritndN @addkali @cooolrims @acharya14 @poozaaree @knchn19 @G10_Draw @KakaBaa @sarojtiwari @akhanal

(कोही छुट्नुभएको छ भने, मेन्सन गर्नहोला है)

हाम्रो अहिले सम्मको आम्दानी र खर्च को विवरण यहाँबाट पढ्नसक्नुहुन्छ ।

कार्यक्रम को फोटोहरु यहाँयहाँ बाट हेर्नसक्नुहुन्छ ।

(प्राविधिक कारणवश, ब्लग अपडेट गर्न ढिलो भएकोमा हामी क्षमाप्रार्थी छौँ)

Lets bring smile on the faces :))
Happy Tweeting :))

-tfcnepal, 2011

No comments:

Post a Comment