Pages

Saturday, June 18, 2011

#Meeting3 at #Bhrikutimandap


आज हामी @tfcNepal का साथीहरु #meeting3 का सन्दर्भमा #Bhrikutimandap मा भेला भएका थियौं | भेलामा जम्मा २९ जना साथीहरुको सहभागिता रहेको थियो | प्रतक्ष्य रुपमा भेलास्थलमा उपस्थित हुन नसकेका साथीहरु भने Tweets Timeline बाटै सहभागिता जनाए | यहाँहरुको साथ र हौसला पाएर हामी अझै बढी जिम्मेवार भएका छौँ र असल कामको सुरुवात गर्दा असल साथहरु यथेष्ट साथ पाइने रहेछ भनेर अझै बढी हौसिएका छौँ | यहाँहरुको साथ एवम् हौसलाको लागि @tfcNepal हृदय देखि नै आभार प्रकट गर्दछ |

आजको मिटिंङको प्रमुख उद्देश्य भनेको @tfcNepal ले चाडै नै गर्न लागेको #Mission3 जुन शारदा प्राथमिक बिध्यालय, तिलगङ्गाका बिपन्न बर्गका बिध्यार्थीहरुकालागि पठन पाठनमा सहयोग गर्नका लागि स्कुल ब्याग वितरण गर्ने विचार प्रति सहभागी साथीहरुको मत बुझ्न एवम् सोहि अवसरमा साथीहरु बिच भेटघाट होस् र सबैका बेफुर्सदिला समयका बिच केहि मनोरंजन र आपसी भलाकुसारी होस् भन्ने थियो | सोहि समयमा @tfcNepal ले हालै छपाएको #tshirts पनि इच्छुक साथीहरु माझ बाढीयो | स्मरण रहोस ५० प्रति छपाईएको #tshirts बाट @tfcNepal लाई जम्मा रु ८७५०|- {(500*50-325*50)=(SellingPrice-Manufacturing Cost)} संकलन गर्न सफल भयौं | यो रकम #mission3 का लागि प्रयोग गरिने छ | यस बाहेक हामीलाई केहि साथीहरुबाट सहयोग रकमपनि प्राप्त भएको छ | दाताहरुको सुचीको लागि यहाँ हेर्नुहोस |

पहिलो चरणमा छपाइएको #tshirt का ५० प्रति सम्पूर्ण बिक्रि भैसकेका छन् | यहाँहरुको सो प्रतिको उत्साहलाई मध्यनजर गर्दै हामीले तुरुन्तै अरु १०० प्रति #tshirt छपाउने भएका छौँ, जसकालागि यहाँ साथीहरुले नै चुनेर पठाउनु भएका डिजाइनहरु बाट नै छनोट गरि प्रकाशनमा ल्याउने छौँ | यस अघि @eKhurafati ले बनाउनु भएको डिजाइन @goGoze ले पठाउनु भएका डिजाइन अत्यधिक रुचाइएका छन् | यसमा पनि अझै केहि परिमार्जन गर्न सकिन्छ भने हामीलाई सो को प्रतिक्षा रहनेछ | यदि यहाँ पनि सोहि डिजाइनिङमा रुची राख्नुहुन्छ भने हामीलाई mention गरि आफ्नो डिजाइन पठाउनु हुन अनुरोध छ, बाँकी साथीहरु बाट हामी उचित सुझाव सल्लाहको अपेक्षा रख्दछौँ | यसपटक यहाँहरु बाटै मत सर्वेक्षण गरि #tshirt प्रकाशनमा ल्याउने छौँ | #tshirt कुनकुन रङमा छपाउँदा उपयुक्त होला, यो पनि हामीलाई जानकारी गराउनु हुन अनुरोध गर्दछौं |    

हामी ट्विटे साथिहरु बिभिन्न परिवेशबाट आएका छौँ र हाम्रा बिचारहरु भिन्न भिन्न हुन सक्छन, त्यहिँ भिन्न भिन्न बिचारहरुको छलफल बाट साच्चै नै हामीले केहि राम्रा कामहरुको सुरुवात गर्न सक्छौं, यस्तै सन्दर्भबाट नै जन्म भएको हो @tfcNepal को | आज उपस्थित @webJsunil ले प्रस्तुत गर्नुभएको तर्क "हामीले यदि कसैलाई सहयोग गर्नुछ भने उनीहरुलाई जीवनोपयोगी र आत्मपरक हुन सहयोग गर्ने केहि कार्य गर्नसक्यौं भने सो नै सबैभन्दा उत्तम हुन्छ" भन्ने सुझाब साच्चै नै उपकारी छ, यसबारे हामी आउँदा दिनमा अझ बृहत छलफल गरि अघि बढ्न सक्छौं | धेरै साथीहरु Information, Technology and Science परिबेश बाट पनि हुनुहुन्छ, उहाँहरुका शिप र ज्ञानका कुराहरु पनि सधैँ सान्दर्भिक हुने गर्दछ #tfcNepal Meeting हरुमा | यस्तै यस्तै उपयोगी छलफलहरु र अझ जमघटमा हुने हाँसो अनि रमाइलो नै हाम्रा भेटघाटका प्रमुख आकर्षण रहँदै आएका छन् |

#Mission3 को सन्दर्भमा हामीले यसपटक स्कुल ब्याग जम्मा १५० प्रति छपाउने निर्णय गरेका छौँ, जसमध्धे १२५ प्रति शारदा प्राथमिक बिद्यालयका बिध्यार्थीहरुलाई वितरण गरिने छ भने बाँकी २५ थान ब्याग भने पवित्र समाज सेवाका साना भाइ बहिनीहरुलाई वितरण गरिनेछ | यसका लागि हाम्रो बैँक खातामा रहेको रकममा केहि नपुग हुने भएको छ | यसका लागि हामी हाम्रा #members यहाँहरु समक्ष सहयोगका हात फैलाउनुहुनका लागि अनुरोध गर्दछौँ | यहाँको सानो सहयोगले पक्कै पनि साना नानीहरुको शिक्षामा हामीले ठुलो योगदान गर्न सक्षम हुने छौँ, आशा छ हामीले यहाँहरुको साथ अवश्य पाउने छौँ र #mission3 सफलता पुर्वक सम्पन्न गर्नेछौँ |
Estimated Cost of 150 Bags=150*300= NRs 45000.00 
हामीसँग जम्मा भएको रकमको बिस्तृत विवरण यहाँ हेर्नुहोस | 


Attendence Please :

@ishzz @sushmite @sumanjaree @dipakbhattarai @saroose @nilambar @roz_idiot @friendycalls @regmibabu @cooolrims @wordswave @poozaree @kaflec @kakabaa @webJsunil @rubinraj @hellomuku @byshanti @jawn_ake @im_bishal @kpsharma @sarojtiwari @anbika @niraj_1974 @sudipsaan  


पुनश्च: आजको भेटमा भएको चिया/खाजा खर्चको प्रयोजन @cooolrims ले उहाँको जन्मदिनको उपलक्ष्यमा गर्नुभएको थियो | यसका लागि वहाँप्रति हामी सबै आभार प्रकट गर्दै वहाँको शुभ जन्मदिनको अवसरमा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं | साथै आज उठाइएको Sunshine Fund बाट जम्मा भएको रकम @tfcNepal कै Bank Account मा जम्मा गराइएको व्यहोरा जानकारी गराउन चाहन्छौँ | 


Happy Tweeting :)

2 comments:

  1. निकै राम्रो कार्य को शुरुवात गर्नु भएकोमा सर्बप्रथम त बधाई छ साथै बर्षौ बर्ष सम्म निरन्तरता को कामना गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता पानी यहीबाट नै ब्यक्त गर्न चाहन्छु
    @arl_suraj

    ReplyDelete