Pages

Monday, August 4, 2014

TfcNepal meeting


मिति २०७१ साल श्रावण १७ गते यस #tfcNepal सम्बद्द साथीहरुको शिल्पी थियटर, बत्तिसपुतलीमा बसेको बैठकले सर्वसम्मतिमा गरेका निर्णयहरु : 

१)#tfcNepal को शुरुवात साना बालबालिकाहरुको मुहारमा हाँसो ल्याउने उद्देश्यका साथ गरिएको र यसको मूल उद्देश्य भनेको यसमा सहभागी हुन चाहनेहरुको सहयोगबाट त्यो कार्य गर्ने भन्ने रहेको र सहभागी बाहिरबाट सहयोग खोज्ने वा कोष व्यवस्थापन गर्ने भन्ने नरहेकोले सोही सिद्दान्तहरुको जगमा अन्तर्निहितरहने र यसको उद्देश्यका लागि संस्थागत परिचय आवश्यक नपर्ने हुँदा अहिलेकै स्वरुप र व्यवस्थापनमा चलिरहने निर्णय गर्यो । 

२) यो समूहमा संलग्नता वा सहयोग नितान्त स्वंयसेवाको भावनामा आधारित रहने छ ।  यसले अब उप्रान्त गर्ने मिसनहरु सहभागीहरुको नितान्त व्यक्तिगतसहयोग रकम मात्रै संकलन गर्ने र आर्थिक सहयोगको लागि सार्वजनिक आह्वान नगरि यस समूहमा संलग्न हुन चाहानेलाई मात्र इमेलमार्फत अपील गर्ने निर्णयभयो | (हाम्रो ईमेल लिस्ट यहाँ छ।)

३) यस समूहसँग सम्बन्धित रहेका साथीहरुले निस्वार्थ सामाजिक सेवालाई उद्देश्य बनाई खोलिएका संस्था या शुरु गरिएका अभियानलाई यो समूहको सद्भाव र सहयोग रहने छ । साथै सो संस्था वा अभियानमा संलग्न हुन यस समूहका सदस्यहरुले स्वविवेकमा निर्णय गर्न सक्नेछन् । 

४) कुनै पनि मिसनका बारेमा मिसन समापन भए पश्चात मात्रै ब्लग प्रकाशित गरिने निर्णय भयो | 

५) हरेक मिसनलाइ भनेर सङ्कलन गरिने रकम सोहि मिसनमै खर्च गरेर सकाउने र सम्भव भएसम्म #tfcNepal को हालसम्मको आधिकारिक खाता इश्वरकाफ्लेको नाममा नेपाल इन्भेष्टमेन्ट वैंक, दरबारमार्गमा रहेको खातामा रकम मौज्दात गराएर नराख्ने निर्णय भयो | 

६) सहभागी साथीहरुले गर्ने सहयोग बाहेक अन्य कुनंै पनि प्रकारका आर्थिक संकलनका कार्यक्रमहरु (जस्तो टिसर्ट छाप्ने) नगर्ने निर्णय भयो । 

८) हामी साना उद्देश्य लिएर काम गर्ने र सकेसम्म नगद सङ्कलन गरेर भन्दा पनि स्वयंसेवाका कार्यहरु गरेर सहयोग गर्न सकिने स्थितिहरु आए सोहि लाइमिसन मानेर अघि बढ्ने निर्णय भयो | 

साथै हाम्रो यस अभियानलाई मन पराएर साथ दिन इच्छुक साथीहरुको सङ्ख्या बढ्दै गएको अवस्थामा इच्छुक साथीहरुलाई आगामी निकट भविष्यमा आयोजना हुने कम्तिमा एउटा #Mission मा उपस्थित भै हाम्रो बारेमा अझै बढि जान्ने/बुझ्ने गर्नुहुन आग्रह गरिन्छ | 

उपस्थिति :
@UjjwalAcharya @someshverma @amritna @bhaskargyyawali @bikuko @friendycalls @ishzz @aakarpost @furious_rav @deepace40 @neeshant @jaw_knowck @addkali @karkashirsha @babaaji @anantabrt @ibnamra @sapkl @kalikaghimire @fluctuating @chhote_don