Pages

Sunday, July 24, 2011

पाठ्य सामग्री बितरण #mission3 #tfcNepal

#mission1 र #mission2 को सफलता अनि सम्पूर्ण सहयात्री साथीहरुको साथ र सहयोगले गर्दा हामी #mission3 को आयोजना गर्न उचित परिवेशको खोजीमा थियौँ | हाम्रा आदरणिय दाजु  Ujjwal Acharya को सल्लाह, साथ र अन्य थुप्रै मित्रहरुको सहयोगले हामीले  #mission3 अन्तरगत शारदा नि. मा. बि. मा पाठ्यसामग्री बितरण गर्ने  निर्णय गर्यौँ र आज  #mission3  पनि अत्यन्तै सफल रुपमा सम्पन्न भयो | 




पुर्ब जानकारी गराइए बमोजिम हामी #tfcNepal का सदश्यहरु २:३० बजे नेपाल पत्रकार माहासङ्घको कार्यालयमा उपस्थित भइसकेका थियौँ| केइ छिनको भलाकुसारी गरेर हाम्रो सहयोग स्थल शारदा प्राथमिक बिध्यालय पुग्यौँ जहाँ  स्कुलका बिध्यार्थीहरु र शिक्षक शिक्षिका हाम्रो बाटो कुरी बसिरहेका थिए | 

उनीहरुलाइ हामीले लगिदिएको पाठ्यासामग्री [A school bag,Copies, pencils,sharpener, eraser] दिँदा तिनिहरुको मुहारमा आएको हाँसोले पक्कै पनि #tfcnepal को लक्ष्य केइ हद्सम्म पुरा भए जस्तो लाग्दैथियो |    सबै उपस्थित साथीभाइको सहयोग बाट हामीले त्यहाँका बिध्यार्थीहरुलाई सम्पूर्ण सामग्री बाढीसक्दा बिध्यार्थी हरु भने आफ्ना प्लास्टिकका झोलाहरु थन्काउनमै व्यस्त देखिन्थे, यस अर्थमा हामीले उनीहरुलाई दिलाउन सकेको सो स्कुल ब्यागले धेरै नै सार्थकता पाएको महशुस हुँदैथियो | आज हामीले कूल १२५ स्कुल ब्याग सहित ४५० कापी र त्यतिकै संख्यामा पेन्सिल, ४८ थान कलम र अन्य सामग्री वितरण गर्यौं | सो को कूल खर्चको विवरणको लागि यहाँ हेर्नुहोला | यस कार्यक्रममा हामीलाई पेन्सिल, इरेजर र शार्प्नर प्रदान गरि सहयोग गर्नुहुने @kafleramzz प्रति हामी अत्यन्तै आभारी छौँ |  

बिध्यार्थीहरुलाई बिदा गरिसकेपछि थोरै समय हामी उपस्थित साथी भाइ स्कुलका अध्यापकहरु सँग भलाकुसारी गर्न त्यहाँको स्टाफ रुम तिर उक्लियौँ | दाजु उज्वल आचार्यले थोरै हाम्रो बारेमा जानकारी दिनु भएपस्चात सोहि स्कुलका प्रधान्याध्यापकले धन्यबाद ज्ञापन गर्नुहुँदा सबै हर्षित देखिन्थे | अनि हामीलाई भने यस्ता कार्यहरु अरु पनि गर्नको लागि हौसला र प्रोत्साहन मिलेको महसुस भयो | 

आज हामी भेलामा उपस्थित जतिपनि #members थियौँ, हामीले सारा #tfcNepal को प्रतिनिधित्व गर्दैथियौँ | काठमाण्डौंमै रहेर पनि व्यस्तता र बिवास्थाका कारण उपस्थिति जनाउन नसकेका एवम् मोफसलका साथीहरु जसलाई यस्ता #mission हरुमा सहभागिता जनाउने अत्यन्तै रहर हुँदा हुँदैपनि  भौतिक रुपमा उपस्थित हुन नपाउनु भएता पनि यहाँहरुको निरन्तर साथ एवं हौसलाले हामी साच्चै नै हौसिएका छौँ | अझ अरु यस्तै कार्यहरु गर्न हामी तत्पर छौँ भन्दै अन्य कार्यक्रमहरुमा भेट हुने बाचा गर्दछौँ | साथीहरु, अन्त्यमा हजुरहरु को साथ बिना यो पक्कै पनि सम्भव हुने थिएन, हजुरहरुको साथ सहयोग अनि सुझावको लागि हामी हृदय देखि नै धन्यबाद अर्पण गर्दछौँ | हालसम्म हामीलाई सहयोग गर्नुभएकाहरुको सम्पूर्ण विवरणको लागि यहाँ हेर्नुहोस | 
(आज खिचिएका फोटोहरु मध्ये @saurjk ले खिच्नु भएका फोटोहरु @nepaldiary ले खिच्नु भएका फोटोहरु  अनि @someshverma ले खिच्नु भएका फोटोहरु | सबै साथीहरुले खिच्नु भएका  फोटाहरुबाट उत्कृष्ठ फोटोहरुको चयन गरि छिट्टै ब्लग परिमार्जन गर्नेछौँ )
हाम्रो Flicker मा सबै साथीहरुले खिचेका फोटाहरु हेर्न यहाँ हेर्नुहोस | 

Attendence Please:
@bhoowan @amritnn @saurjk @niraj_1974 @acharya14 @avishekaryal @kakabaa @webjsunil @lexlimbu @prabeshlimbu @pratulrana @poonam @freakieesillu @anbika @byshanti @cbidhya @sumanjaree @sudipsaan @friendycalls @ishzz @nilambar @santosh_dahal @sailesh_sh @nepaldiary @_pagalbasti @someshverma @ujjwalacharya @janakrasa @wordswave @megabaidhya @mdansari

Lets bring smile on the faces  :))
Happy Tweeting
Thank You all
-tfcNepal :))

1 comment: